गण्डकी सरकारविरुद्ध सर्वोच्च पुग्यो कांग्रेस

हिमाल प्रेस २५ वैशाख २०८१ १२:४५
गण्डकी सरकारविरुद्ध सर्वोच्च पुग्यो कांग्रेस

काठमाडौँ– गण्डकी सरकारविरुद्ध नेपाली कांग्रेस सर्वाेच्च अदालत पुगेको छ। नेपाली कांग्रेस गण्डकी प्रदेशले प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर सर्वाेच्च अदालत पुगेको हो।

गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेकाे प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणाविरुद्ध रिट दायर गर्न आफूहरू सर्वाेच्च अदालतमा रहेको सांसदद्वय डिल्लीराम सुवेदीले जानकारी दिए।

संविधानको धारा १८८ (३) अनुसार सरकार टिकाउनको लागि ३१ सांसदको विश्वासको मत चाहिन्छ। तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए। यसविरुद्ध कांग्रेस अदालत पुगेको हो।

प्रकाशित: २५ वैशाख २०८१ १२:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 8 =