खाना पकाउने ग्यासहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो

हिमाल प्रेस १४ भदौ २०८० २०:५५
26
SHARES
खाना पकाउने ग्यासहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार राति १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र ग्यासको मूल्य बढाएको हो।

यस वृद्धिसँगै पेट्रोलको नयाँ मूल्य १८२ रुपैयाँ प्रतिलिटर पुगेको छ। त्यस्तै डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ८९५ रुपैयाँ पुगेको छ।

यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ तथा एलपी ग्यासको मूल्य प्रतिलिटर १ हजार ६६० रुपैयाँ रहेको थियो।

पछिल्लो समय बिहीबार इण्डियन आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ १७ पैसा र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ ४८ पैसा बढेर आएको निगमको दाबी छ।

त्यस्तै एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १८६ रुपैयाँ ४५ पैसाले बढेर आएको दाबी निगमले गरेको छ। निगमले गत साउन १ गतेदेखि स्वचालित मूल्य प्रणाली कार्यविधिको नाममा प्रत्येक १५ दिनमा महंगी बढाउने काम गर्दै आएको छ।

प्रकाशित: १४ भदौ २०८० २०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − one =