स्वरुपराज आचार्यको स्वरमा ‘सम्हालेर राखेको छु’ सार्वजनिक

हिमाल प्रेस २५ वैशाख २०८१ १२:४३
14
SHARES
स्वरुपराज आचार्यको स्वरमा ‘सम्हालेर राखेको छु’ सार्वजनिक

काठमाडौँ- गायक स्वरुपराज आचार्यको स्वरमा ‘सम्हालेर राखेको छु’ बोलको गीत सार्वजनिक भएको छ। सुरेन्द्र दियालीको शब्द रहेको गीतमा नवीन कार्कीले संगीत भरेका छन् भने विशाल निरौलाको संगीत संयोजन छ।

गीतले समाजमा व्याप्त जातीय तथा वर्गीय विभेदलाई उजागर गर्न खोजेको छ। प्रेमिल गीतको भिडियोमा नायिका तथा मोडल गरिमा शर्मा,तनु राना र गीतकार सुरेन्द्र स्वयंले अभिनय गरेका छन्।

उत्तम हुमागाइँको छायांकन गरेको गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका हुन्। गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो।

यस्ताे छ गीत


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + ten =