चैते दसैँ- फेदिखोलै बगर

हिमाल प्रेस ४ वैशाख २०८१ १६:१०
36
SHARES
चैते दसैँ- फेदिखोलै बगर

काठमाडौँ- पोखराको सांगीतिक ब्यान्ड ‘बफिन्स ९८’ले ‘चैतेदसैँ- फेदिखोलै बगर’ बोलको गीत सार्वजनिक गरेको छ। चैतेदशैँलाई लक्षित गरिएको गीतमा मौलिक नेपाली पर्व र संस्कृति झल्काइएको छ।

गीतमा संजीव गुरुङको स्वर र संगीत छ। स्ट्रगल राना र सन्जीवकै शब्द रहेको गीतमा सुमन तामाङले संगीत संयोजन गरेका छन्।

बार डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको कथा विशाल तामाङको छ। विशाललेनै निर्देशन गरेको गीतकाे भिडियोमा यकिन गुरुङ र बेलु गुरुङले अभिनय गरेका छन्।

ब्यान्डमा सन्जीव गुरुङ (भोकलिस्ट र वाद्यवादक), जीवन भट्टराई (वाद्यवादक), रोशन महर्जन (वाद्यवादक), स्ट्रगल राना (लिरिसिस्ट) र शेरबहादुर गुरुङ (कोर्डिनेटर) मा छन्।

यस्तो छ गीत

प्रकाशित: ४ वैशाख २०८१ १६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + six =