स्वचालित मूल्य प्रणालीको नाममा उपभोक्ता निचोर्दै निगम, फेरि बढायो ग्याससहित इन्धनको भाउ

हिमाल प्रेस १३ असोज २०८० २१:३८
22
SHARES
स्वचालित मूल्य प्रणालीको नाममा उपभोक्ता निचोर्दै निगम, फेरि बढायो ग्याससहित इन्धनको भाउ

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार राति १ बजेदेखि लागू हुनेगरी निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोल र डिजेलको मूल्य बढाएको हो।

भारतीय आयल कर्पोरेन (आईओसी)बाट शनिबार आएको मूल्य सूचीअनुसार इन्धनको मूल्य बढेको भन्दै निगमले मूल्य बढाएको दाबी गरेको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ।

त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाउँदै १७९ रुपैयाँ कायम गरिएको छ। पेट्रलको मूल्य प्रतिटिटर १८५ रुपैयाँ कायम गरिएको छ। निगमले पछिल्लो समय स्वचालित मूल्य प्रणालीको आधारमा प्रत्येक दुई हप्तामा मूल्य बढाउँदै आएको छ।

शनिबार रातिदेखि नै लागू हुनेगरी एलपी ग्यासको मूल्य २१५ रुपैयाँ प्रतिसिलिण्डका दरले बढाएको छ। शनिबार राति १ बजेदेखि खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ हजार ११० रुपैयाँ कायम गरिएको छ।

निगमले मूल्य बढेको सूचना सार्वजनिक गरेसँगै स्वचालित प्रणालीका नाममा उपभोक्ताबाट चर्को असुली गरेहेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।

प्रकाशित: १३ असोज २०८० २१:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 16 =