सुन्दर सुर्खेत : मनै लोभ्याउने गुलमोहर [तस्बिरहरू]

रमा केसी २५ वैशाख २०८१ १२:५८
150
SHARES
सुन्दर सुर्खेत : मनै लोभ्याउने गुलमोहर [तस्बिरहरू]

सुर्खेत- गुलमोहर फूलले यति बेला कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरका सडक किनारा आकर्षक देखिएका छन्। ढकमक्क फुलेका फूलले सुर्खेत दुलहीझैँ सिँगारिएको छ ।

वीरेन्द्रनगरका कुइनेपानी, घण्टाघर, जिल्ला अदालतलगायत विभिन्न ठाउँमा फुलेका गुलमोहरले जोकोहीलाई मोहित बनाउँछ। वसन्त ऋतुमा प्रकृतिले काँचुली फेरेर उमंग ल्याउँछ। हरियाली र रंगीचंगी फूलले प्रकृति सिँगारिन्छ। यही मौसममा गुलमोहरले वीरेन्द्रनगरलाई थप मनमोहक बनाइरहेको छ।

‘फूलको नजिक गएर फोटो खिच्दा आकाशले नै रातो पछ्यौरी ओढिरहेको भान हुन्छ,’ कुइनेपानी क्षेत्रको गुलमोहरमा फोटो खिच्दै गरेकी टीका पुरी केसीले भनिन्, ‘प्रकृतिको यति अनुपम दृश्य अन्त कहाँ पाइन्छ र ?’

उनी मात्र होइनन्, अहिले कुइनेपानी क्षेत्रको सडकछेउ फुलेको गुलमोहरलाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्नेको भीड लाग्ने गरेको छ। घण्टाघर–नगरपालिका खण्डमा यात्रा गर्ने जोकोही गुलमोहरलाई आफ्नो क्यामेरामा कैद गर्न छुटाउँदैनन्।

ढकमक्क फुलेको गुलमोहरको बोटमुनि युवकयुवतीको सेल्फीमोह र क्यामरामा फोटो खिच्ने पनि उत्तिकै देखिन्छ।

कुइनेपानी क्षेत्रमा लगाइएको गुलमोहरले प्रकृतिलाई सौन्दर्यसँगै विभिन्न पक्षी संरक्षणमा टेवा पुर्‍याएको छ। तत्कालीन राजा वीरेन्द्रको आग्रहमा कुइनेपानी क्षेत्रको सडक छेउमा गुलमोहर रोपिएको थियो। स्वच्छ र सफासँगै हरियाली नगर बनाउने योजनासाथ अगाडि बढेको वीरेन्द्रनगर नगरपालिकाले गुलमोहर संरक्षणमा पनि जोड दिएको छ।

 

 

प्रकाशित: २५ वैशाख २०८१ १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + three =