कर्णालीमा पहिलोपटक महिला सम्मेलन हुँदै, पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

हिमाल प्रेस १९ फागुन २०८० १९:०८
42
SHARES
कर्णालीमा पहिलोपटक महिला सम्मेलन हुँदै, पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गर्ने वीरेन्द्रनगरपालिका प्रमुख मोहनमाया ढकाल सम्मेलनबारे जानकारी दिँदै।

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आगामी सोमबार महिला सम्मेलन हुने भएको छ। कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहमा निर्वाचित महिला उपप्रमुखलगायत महिला प्रदेशसभा सदस्य, विभिन्न सामाजिक संघसंस्थामा रहेका महिला नेतृत्वको सहभागितामा कर्णाली प्रदेशस्तरीय महिला सम्मेलन हुने भएको हो।

उक्त सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छिन्। सम्मेलनको अगुवाइ गर्ने वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकालले अन्तर्राष्टिय श्रमिक महिला दिवसको अवसर पारेर महिला सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिइन्।

महिला तथा बालबालिकाको साझा हितका साथै स्थानीय तहमा बजेट, नीति र निर्माण गर्न साझा अवधारणा तय गर्न महिला सम्मेलनले सघाउने उनको दाबी छ। सिटी हलमा गरिने सम्मेलनमा झन्डै एक हजार महिला नेतृत्व सहभागी हुने ढकालको भनाइ छ।

सम्मेलनमा महिला तथा बालबालिकाको पक्षमा भएका उपलब्धि, तिनीको संवर्द्धन, आगामी दिनमा चाल्नुपर्ने कदम, स्थानीय तहमा बजेट तथा योजना तर्जुमालगायतका विविध पक्षमा जानकारी गराइने पनि ढकालले जानकारी दिइन्।

यस्तै महिलामैत्री सरकार, महिलामैत्री बजेट र योजना बनाउन पनि यो सम्मेलनले सहयोग पुग्ने अपेक्षा पुग्ने बताउँदै ढकालले सम्मेलनको सम्पूर्ण खर्च स्थानीय तहले नै बेहोर्ने जानकारी दिइन्।

प्रकाशित: १९ फागुन २०८० १९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =