सुर्खेतमा फोहोरबाट ग्यास उत्पादन

हिमाल प्रेस १४ फागुन २०८० १७:०९
22
SHARES
सुर्खेतमा फोहोरबाट ग्यास उत्पादन

सुर्खेत – फोहोरमैला व्यवस्थापनमा वीरेन्द्रनगर नगरपालिकाले उत्कृष्ट काम गर्न थालेको छ। केही वर्ष पहिले विकास बजेटबाट फोहोर व्यवस्थापनमा खर्च गर्दै आएको वीरेन्द्रनगरले अहिले फोहोरबाट आम्दानी गर्न सुरू गरेको छ।

केही वर्ष पहिले विकास बजेटका फोहोर व्यवस्थान गर्नुपर्थ्यो, अहिले फोहोर व्यवस्थानमा विकास बजेट खर्च गर्नुपर्ने अवस्था छैन वीरेन्द्रनगर नगरपालिकाको योजना तथा वातावरण शाखाका प्रमुख प्रकाश पौडेलले भने- बरू अहिले फोहोरबाट आम्दानी सुरू भएको छ।

वीरेन्द्रनगर नगरपालिकाले सुन्दर नेपाल संस्था र एसएनभी नेपालको समन्वय पत्रकारसँग भएको दिशाजन्य लेदो र फोहोरमैला व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रममा यस्तो बताएको हो।

जसका लागि वीरेन्द्रनगर ८ को समुदायस्तरमा नै फोहोर व्यवस्थापन सुरू गरेको, वीरेन्द्रनगरको प्रगति नगरमा कौशीखेती सुरू गरिएको, करिब ३५ करोडको लागतमा वातावरण मैत्री वीरेन्द्रनगर १ तारेभिरमा दिशाजन्य फोहोरको दीगो व्यवस्थापन सुरू गरेको, कुहिने फोहोरबाट जैविक मल र ग्यास उत्पादन सुरू गरेको, अस्पताल र नर्सिङ होमबाट उत्पादन हुने अर्थक्लेप सुरू गरेको सुरू गरेको, स्मार्ट शौचालय सञ्चालन गरेको लगायतका काम सुरू गरेको प्रमुख पौडेलले जानकारी दिए।

वीरेन्द्रनगरमा दैनिक ३० टन जति फोहोर उत्पादन हुँदै आएको छ। जसमध्ये ५७ देखि ६० प्रतिशत फोहोर कुहिने फोहोर उत्पादन हुने गरेको छ। कुल उत्पादित फोहोर मध्ये १९ टन फोहोर अनिवार्य व्यवस्थापन गर्नुपर्ने रहेको बाध्यता छ। बाँकी ११ टन फोहोर भने स्थानीय स्तरमै व्यवस्थापन हुँदै आएको वीरेन्द्रनगरले जनाएको छ। जसमध्ये प्रत्येक दिन ५ जनाको एउटा घरबाट तीनसय ग्राम फोहोर उत्पादन हुने गरेको छ भने हरेक दिन ५ ट्रक दिशाजन्य फोहोर व्यवस्थापन हुँदै आएको छ।

यस्तै फोहोर व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै वीरेन्द्रनगरलाई नेपाल नगरपालिका संघबाट वन वातावरण तथा उत्थानशील सर्वोत्कृष्ट नगर २०७९ बाट पुरस्कृत समेत गरेको थियो। वीरेन्द्रनगरलाई स्वच्छ र सुन्दर नगर बनाउन जागरण अभियान र संरचना निर्माणलाई अझ तीव्रता दिइएको जनाएको छ।

फोहोर व्यवस्थापनमा बाधा पुर्याए, ५ सयदेखि १ लाखसम्म जरिवाना वीरेन्द्रनगरको फोहोर व्यवस्थापनलाई सहज र दीर्घकालीन बनाउन नगरपालिकाले विभिन्न कानुनहरू बनाएको छ। फोहोर व्यवस्थापनमा असर पुर्‍याउने र रासायनिक तथा हाँनिकारक फोहोरलाई जथाभावी फाल्नेलाई ५ सयदेखि १ लाख रूपैयाँसम्म जरिवाना गर्नु कानुनी व्यवस्था गरेको छ।

जसमध्ये रासायनिक, औद्योगिक, स्वास्थ्य संस्थाजन्य फोहरमैला वा हानिकारक फोहर जथाभावी फाल्ने, राख्ने वा निष्काशन गर्ने र औद्योगिक प्रतिष्ठान वा स्वास्थ्य संस्थाले उद्योग वा स्वास्थ्य संस्थाबाट निस्कने हानिकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्काशन गर्ने वा गराउनेलाई ५० हजार देखि १ लाखसम्म जरिवाना र सोही कसूर पुनः गरेमा दोब्बर जरिवाना गरी अनुमति रद्द गर्नको लागि सम्बन्धित निकायमा पठाउने व्यस्था छ।

त्यस्तै कन्टेर तोडफोड गर्ने वा क्षति पुर्‍याउने, फोहोरमा हानिकारक फोहोर उत्पादन गर्ने काम गर्नेलाई ५ सयदेखि ५ हजारसम्म जरिवानार हुने कानुनी व्यवस्था गरेको छ।

यस्तै वीरेन्द्रनगर नगरपालिकाका प्रशासकीय प्रमुख गेहेन्द्र बहादुर डाँगीले आफ्नो फोहोरको व्यवस्थापन आफैँले नै गर्नुपर्ने बताएका छन्। फोहोरको व्यवस्था गर्नका लागि वडास्थरबाट प्लाष्टिक झोला रहित बनाउनुपर्नेमा जोढ दिएका छन्।

कागज र कपडाको झोला प्रयोग गर्नेलाई प्रोत्साहित गर्ने र नगरलाई प्लाष्टिक झोला रहित नगर बनाउनको लागि सबैको हातेमालो हुनुपर्ने बताएका छन्। वीरेन्द्रनगरलाई हरियाली सहर बनाउन सबैको उद्देश्य उत्तिकै महत्वपूर्ण रहेको प्रशासकीय प्रमुखले जानकारी दिए।

प्रकाशित: १४ फागुन २०८० १७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =