विद्यालयको वार्षिकोत्सवमा अक्षयकोष निर्माणकर्तालाई सम्मान

हिमाल प्रेस १२ फागुन २०८० १३:४१
16
SHARES
विद्यालयको वार्षिकोत्सवमा अक्षयकोष निर्माणकर्तालाई सम्मान

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरस्थित जुनतारा प्राथमिक विद्यालयले अक्षयकोष निर्माण गर्ने दुई समाजसेवीलाई सम्मान गरेको छ। वार्षिकोत्सव तथा अभिभावक भेलामा शुक्रबार अक्षयकोष निर्माण गर्ने हरिशचन्द्र चलाउने र पदमबहादुर ढकाललाई सम्मान गरेको हो।

चलाउनेले छोरा शरदकुमारको स्मृतिमा ५१ हजारको र श्रीमती बालकुमारीको स्मृतिमा एक लाख एक हजार एक सय ११ रुपैयाँको अक्षयकोष निर्माण गरेका छन्। यस्तै ढकालले आफ्नै नाममा एक लाख ११ हजार एक सय १५ रुपैयाँको अक्षयकोष निर्माण गरेका छन्। उनीहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको हो।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपमेयर निलकण्ठ खनालले भौतिक पूर्वाधारसहित शैक्षिक सुधार गर्न नगरपालिकाले सबै विद्यालयलाई सहयोग गर्दै आएको बताए। उनले यस विद्यालयको पूर्वाधार र शैक्षिक सुधारमा पनि नगरपालिकाले चासो रहेको बताए।

वीरेन्द्रनगर नगर शिक्षाका शाखा अधिकृत उत्तम आचार्यले वीरेन्द्रनगरमा रहेको मदरसा विद्यालय सन्चालक समितिले विद्यालय सन्चालन गर्न नसक्ने निणर्य गरेपछि नजिक रहेको बालविकासमा मिलाएर सन्चालन गर्न सहयोग गरेको जनाए।

उनले वालविकास सन्चालन भइरहेको विद्यालयमा अर्को विद्यालय गाभेर सन्चालन गर्दा कठिनाइ भइरहेको बताए।

कार्यक्रममा वीरेन्द्रनगर वडा नम्वर ६ का अध्यक्ष जनक रावल, पूर्ववडाध्यक्ष मोतीप्रसाद कँडेलले शैक्षिक सुधारसहित विद्यालय पूर्वाधारमा सम्पन्न भएपछिमात्रै विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुने बताएका छन्।

वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगितका विजयताहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जमनादेवी गौलीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिन् भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कणर्बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो।

प्रकाशित: १२ फागुन २०८० १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 1 =