जनमतले कुनै पनि दलसँग गठबन्धन नगर्ने

हिमाल प्रेस ११ असोज २०८० १९:२७
14
SHARES
जनमतले कुनै पनि दलसँग गठबन्धन नगर्ने

काठमाडौँ- जनमत पार्टीले आगामी दिनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने नीति लिएको छ। संघीय सरकार र प्रदेश सरकारमा सहभागी सो पार्टीले तत्काल कुनै पनि पार्टीसँग एकीकरण पनि नगर्ने जनाएको हो।

आगामी निर्वाचनलाई लक्षित गर्दै ‘मिसन-२०८४’ अभियान सुरु गरेको जनमतले पार्टीलाई देशभर स्थापित गर्न संगठन निर्माणलाई तीव्रता दिएको सो पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले बताए।

पार्टीको आगामी रणनीतिबारे आज सञ्चारकर्मीसँग अन्तर्किया गर्दै प्रवक्ता यादवले पार्टी बन्दै गरेको अवस्थामा आगामी निर्वाचनलाई लक्षित गरेर वडा तहदेखि नै संगठन निर्माणमा केन्द्रित हुने बताए। उनले आफूहरू सत्ता गठबन्धनमा रहेको तर, अब आउने निर्वाचनमा कुनै पनि चुनावी गठबन्धन नगरी पार्टीले एक्लै प्रतिस्पर्धा गर्ने स्पष्ट पारे।

पार्टी अध्यक्ष चन्द्रकान्त (सीके) राउत सरकारमा नजाने नीति हो भन्ने जिज्ञासामा प्रवक्ता यादवले आगामी निर्वाचनमा केन्द्रित भएर संगठन निर्माणमा बढी खट्नुपर्ने भएकाले उनी मन्त्री बन्न हतारो नगर्ने उल्लेख गरे।

प्रकाशित: ११ असोज २०८० १९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 9 =