जनमत तत्काल सरकारमा नजाने, उपनिर्वाचनमा उम्मेदवारी दिने

हिमाल प्रेस २९ फागुन २०८० १३:०५
2
SHARE
जनमत तत्काल सरकारमा नजाने, उपनिर्वाचनमा उम्मेदवारी दिने

काठमाडौँ- जनमत पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेको छ।

जनमतले सत्ता गठबन्धनमा सहभागी नहुने र सरकारलाई समर्थन नगर्ने निर्णय गरेको छ। जनमतका प्रवक्ता सरदसिंह यादवका अनुसार उपनिर्वाचनमा उम्मेदवार उठाउने भएको छ। ‘इलामको प्रतिनिधिसभा २ र बझाङ प्रदेशसभा १को १ मा उम्मेदवार उठाउने भएको छ।’ जनमतले भनेको छ।

यस्तै जनमतले २०८० माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनमा छलफल गरेर निर्देशन प्रक्रिया अगाडि बढाउने भएको छ।

प्रकाशित: २९ फागुन २०८० १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =