जनमतले लुम्बिनीको सीमा र नाम परिवर्तन गराउन आन्दोलन गर्ने

हिमाल प्रेस ४ चैत २०८० २१:१८
30
SHARES
जनमतले लुम्बिनीको सीमा र नाम परिवर्तन गराउन आन्दोलन गर्ने

काठमाडौँ- जनमत पार्टीले मधेश-थरूहट आन्दोलनको मर्म बमोजिम लुम्बिनी प्रदेशको सीमांकन तथा नामांकन परिवर्तन गराउन आन्दोलनको नेतृत्व गर्ने निर्णय गरेको छ।

पर्सा जिल्लाको वीरगञ्जमा आज (आइतबार) बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पहिचानको आन्दोलनको नेतृत्व गर्नेसहितका विभिन्न विषयमा ११ बुँदे निर्णय गरेको हो।

पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले प्रदेश १ मा चलिरहेको पहिचान आन्दोलनको मर्म बमोजिम पहिचानसहितको प्रदेश सीमांकन तथा नामांकन गर्न आन्दोलनको नेत्तृत्व गर्ने निर्णय जानकारी दिए।

बैठकले १० गुणा संगठन विस्तार गर्ने लक्ष्य लिई काम गर्ने निर्णय गरेको उनले बताए। शनिबार र आइतबार दुई दिन, पार्टीका अध्यक्ष डा. सीके राउतको अध्यक्षतामा बसेको उक्त बैठकले कार्यप्रगति समीक्षा विषयमा छलफल गरेको थियो।

बैठकले संगठन विस्तार विषयमा सदस्यता अभियान चलाउने, पार्टी प्रवेश कार्यक्रममा तीव्रता दिने, भातृसंगठनको गठनमा जोड दिने, अहिलेसम्म नपुगेका वर्ग, समुदाय, उमेर समूह, व्यवसाय समूह र क्षेत्रसम्म पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

पार्टीले आगामी जेठ १५ गते काठमाडौँमा सञ्चालन गर्ने आमसभालाई भव्यताका साथ सम्पन्न गर्न तयारीबारे निर्णय गरेको छ। रासस

प्रकाशित: ४ चैत २०८० २१:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =