इलाम-२ : सुहाङ २६ सय मतान्तरले अगाडि

हिमाल प्रेस १७ वैशाख २०८१ ८:५६
14
SHARES
इलाम-२  : सुहाङ २६ सय मतान्तरले अगाडि सुहाङ

काठमाडौँ- इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता अन्तर बढाउँदै लगेका छन्।

फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाका सबै वडा र माङसेबुङ वडा नम्बर १ को मत गणना सकिँदासम्म नेम्वाङ २ हजार ६१६ मतले अगाडि छन्।

नेम्वाङले ८ हजार ८९८ मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार २८२ मत ल्याएका छन्।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ४ हजार ६३४ मतसहित तेस्रो स्थानमा छन् ।

रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ३०५ मत पाएका छन् ।

एकीकृत समाजवादीका जितबहादुर राईले २ सय ४० मत पाएका छन् । मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बुले २ सय ९ र जनमतका प्रेमकुमार थाम्सुहाङले ५४ मत पाएका छन् ।

प्रकाशित: १७ वैशाख २०८१ ८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =