प्रधानमन्त्री र गणतन्त्र कोरियाका राष्ट्रपतिबीच शुभकामना सन्देश आदानप्रदान

हिमाल प्रेस २ जेठ २०८१ २०:२०
26
SHARES
प्रधानमन्त्री र गणतन्त्र कोरियाका राष्ट्रपतिबीच शुभकामना सन्देश आदानप्रदान

काठमाडौँ- नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको अवसरमा नेपालका प्रधानमन्त्री र गणतन्त्र कोरियाका राष्ट्रपतिबीच शुभकामना सन्देश आदानप्रदान भएको छ।

यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरियाका राष्ट्रपति,  युन सुक येओल त्यहाँको सरकार र कोरियाली जनताप्रति बधाई ज्ञापन गरेका छन्। बधाई सन्देशमा प्रधानमन्त्रीले दुई देशबीच पारस्परिक सम्मान र सद्भावनामा आधारित सम्बन्ध हार्दिक एवं मैत्रीपूर्ण रहेको बताएका छन्। आधा शताब्दी पुरानो द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै प्रधानमन्त्रीले त्यसलाई चिरस्थायी बनाउन  व्यापक सहकार्यका साथ मनाउनुपर्नेमा जोड दिए।

त्यसै गरी गणतन्त्र कोरियाका राष्ट्रपति  येओलले  नेपाल सरकार र जनतामा शुभकामना व्यक्त गरेका छन्। उनले दुई देशबीच विभिन्न क्षेत्रमा मित्रता र सहयोगको सुदृढ सम्बन्धमा सम्बन्धमा जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बधाई सन्देशमा कोरियाली राष्ट्रपतिले नेपाल र गणतन्त्र कोरियाबीचको द्विपक्षीय सम्बन्ध आगामी वर्षहरूमा थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्। नेपाल र गणतन्त्र कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो।

प्रकाशित: २ जेठ २०८१ २०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =