रासायनिक मलका लागि भारतीय बजारकै भर

हिमाल प्रेस २ जेठ २०८१ २१:४५
8
SHARES
रासायनिक मलका लागि भारतीय बजारकै भर

बाँके– मागअनुसारको मल नपाउँदा स्थानीय किसानले भारतीय बजारबाट रासायनिक मल ल्याउन बाध्य भएका छन्। जिल्लाको नरैनापुर, खजुराको सैनिक, रुपैडिहा र डुडुवाको खडैचा नाकाबाट किसानले रासायनिक मल ल्याउन बाध्य भएका हुन्।

जानकी गाउँपालिकाका किसान राजेश काँदुले मल नपाउँदा भारतीय बजारबाट पनि किसानले मल भित्र्याइएको जानकारी दिनुभयो। सरकारले किसानको मागभन्दा बजेटअनुसार लक्ष्य निर्धारण गरेर मल आयात गर्दा आवश्यकताअनुसार किसानले रासायनिक मल पाउन नसकेको स्थानीय किसानहरुको भनाइ छ।

स्थानीय तहको सिफारिसमा सहकारीले मल किसानसम्म पुर्‍याउने गर्छन। कृषि सामग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले कृषि सहकारीलाई मल उपलब्ध गराउँछन्। लिमिटेडलाई ७० र ट्रेडिङ कम्पनीलाई ३० प्रतिशत मल सरकारले दिने गरेको छ।

कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले निर्धारित लक्ष्यअनुसार नै रासायनिक मल आउने उल्लेख गर्दै खास गरी मुख्य बाली धान, मकै र गहुँ बालीका लागि मल किसानलाई उपलब्ध गराएको बताए।

उनले बगर खेतीका लागि मल उपलब्ध नहुने जानकारी दिँदै अन्य खेतीका लागि भारतीय बजारबाट पनि मल आउन सक्नेमा आशंका गरे।

अहिले जिल्लामा युरिया रासायनिक मल वितरण भएको जानकारी दिँदै डिएपीलगायतका मल एक सातासम्ममा आइपुग्ने श्रेष्ठले उल्लेख गरे। कृषि सामग्री कम्पनी लिमिटेडमा हाल ६ सय २९ दशमलव चार मेट्रिक टन युरिया, ८८ दशमलव २५० मेट्रिक टन डिएपी र ५८ दशमलव ५५ मेट्रिक टन पोटास मल मौज्दात छ।

प्रकाशित: २ जेठ २०८१ २१:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + seven =