१८ जना शाखा अधिकृतको सरुवा

हिमाल प्रेस ११ असोज २०८० १६:२४
34
SHARES
१८ जना शाखा अधिकृतको सरुवा

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । बुधबार गरेको सरुवा सूचीअनुसार पाँच जना अधिकृतको गृह मन्त्रालयमा सरुवा गरिएको हो। गृहमा राष्ट्रिय किताबखानाबाट ज्योती अर्याल, नारायण घर्ती, राष्ट्रपतिको कार्यालयका बद्री खतिवडा, गण्डकी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका निर्मल परियार र लुम्बिनी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सुवास रिजालको सरुवा भएको हो।

गृहमा रहेका गम्भीर सिंह विष्ट र भाष्कर दाहालको भने संघीय मामिला थगा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । अर्थ मन्त्रालयका शाखा अधिकृतद्वय टोपबहादुर भुसाल र सन्तोष पोखरेलको क्रमशः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।

अर्का शाखा अधिकृत गोविन्द आचार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थ मन्त्रालय पुगेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सुसना शर्माको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र उद्योग मन्त्रालयमा अमित भूषण, महेश पौडेलको सरुवा भएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमल भट्टराईका अनुसार भूमि व्यवस्थाका बाबुराम पाण्डेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, अशोक दाहालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, माधव घिमिरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, प्रेमिसा श्रेष्ठको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा र शान्ति कुँवरको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा भएको छ ।

प्रकाशित: ११ असोज २०८० १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =