यसरी चल्दैछ काठमाडौँ महानगरको सीप मेला [तस्बिरहरू]

दिपेश श्रेष्ठ २४ वैशाख २०८१ १५:०६
76
SHARES
यसरी चल्दैछ काठमाडौँ महानगरको सीप मेला [तस्बिरहरू]

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा ‘सीप मेला २०८१’ सुरु गरेको छ। २ हजार ८१ जनालाई नि:शुल्क सीपमूलक तालिम दिने र तालिम लिएकाहरूलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्यसहित मेला थालिएको हो।

अनलाइनबाट फाराम भर्न छुटेका वा अनलाइन फाराम भर्न नसक्नेहरूले टुँडिखेलमै आएर फाराम भर्न सकिने महानगरले जनाएकाे छ। १९ गतेसम्म फाराम भर्नेहरू को तालिम तालिका वैशाख २८ गतेभित्र उपलब्ध गराइने पनि महानगरले जनाएकाे छ। वैशाख २० गतेपछि फाराम भर्नेहरूलाई ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रममा समावेश गरिने बताइएकाे छ।

सीप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन्। क्षेत्रभित्र २९ प्रकारका पेसागत तालिम भइरहेका छन्। मागका आधारमा थप क्षेत्र र पेसा थप गर्ने योजना महानगरकाे छ।

अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरबाइक, स्कुटर रिपेयर (ईभी), इलेक्ट्रिकल कार रिपेयर (ईभी) विषय छन्। सिकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ तालिम भइरहेको छ।

त्यस्तै वारिस्ता, फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ र वेटर वेट्रेस प्रशिक्षण भइरहेको छ। सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) चौथो क्षेत्र हो। यसमा डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइनिङ, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ, सीसीटिभी क्यामरा विषय राखिएका छन्।

मेकानिकलमा वेल्डिङ र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको तालिम भइरहेकाे छ। आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण भइरहेकाे छ। यी क्रमशः पाँचौँ र छैटौँ क्षेत्र हुन्। सातौँ क्षेत्र गार्मेन्ट्स हो। यसमा टेलरिङ्ड्रे/स मेकर र फेसन डिजाइनिङ्को कक्षा भइरहेकाे छ।

आठौँ क्षेत्र ब्युटिसियन हो। यसमा नेल आर्ट, मेक अप आर्ट, आइलेस आर्ट, हेअर कट एण्ड स्टाइल, र सैलुन प्रशिक्षण भइरहेकाे छ। नवौँ क्षेत्र डिजाइनिङ् हो। यसमा साइन मेकिङ् प्रशिक्षण भइरहेकाे छ।

दशौँ विधा पुरोहित हो। यसमा पुरोहित र ज्योतिषसम्बन्धी प्रशिक्षण भइरहेकाे छ। हरेक दिन विहान ८ बजेदेखि नै कक्षाहरू सुरु हुन्छन्।

भिडिओ

प्रकाशित: २४ वैशाख २०८१ १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =