किताबखानाले पठायो ७७ वटै जिल्लामा शिक्षक सरुवासम्बन्धी यस्ताे ढाँचा

हिमाल प्रेस ५ माघ २०८० ८:०४
2.3k
SHARES
किताबखानाले पठायो ७७ वटै जिल्लामा शिक्षक सरुवासम्बन्धी यस्ताे ढाँचा

काठमाडौँ- राष्ट्रिय किताबखाना (शिक्षक) ले सरुवा हुने शिक्षकको रमानापत्रको ढाँचा (रमाना) सार्वजनिक गरेको छ।

विभिन्न विद्यालयबाट सरुवा हुने शिक्षकहरूलाई विद्यालयद्वारा दिइने रमानापत्रमा एकरूपता नभएका कारण किताबखानाले रमानापत्रको नयाँ ढाँचा ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई बिहीबार पठाएको हो।

शिक्षकका अत्यावश्यकीय अभिलेख व्यवस्थापनमा कार्यालयलाई समस्या परिरहेकाले सबै एकाइलाई ढाँचा पठाइएको कामु उपमहानिर्देशक युवराज पौडेलले जनाएका छन्।

ढाँचासहितको पत्रको बोधार्थ ७५३ स्थानीय तहलाई पठाइएको छ। पत्रमा पालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयलाई कार्यान्वयनमा आवश्यक निर्देशन तथा सहजीकरणका लागि अनुरोध गरिएको छ।

‘अब उप्रान्त एक विद्यालयबाट अर्को विद्यालयमा (स्थानीय तहको आन्तरिक सरुवा वा जिल्लाभित्रको आन्तरिक सरुवा वा अन्तर जिल्ला सरुवा) सरुवा भई रमाना हुने शिक्षकहरूलाई अनिवार्य रूपमा यसैसाथ संलग्न फरमेटबमोजिम रमानापत्र उपलब्ध गराउन साथै उक्त रमानापत्रको बोधार्थ अनिवार्य रूपमा यस किताबखानालाई समेत उपलब्ध गराउन ताहाँ जिल्लाअन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरूलाई जानकारी गराई प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय र सहजीकरणका निमित्त अनुरोध छ’, सूचनामा उल्लेख छ।

साथै यसरी रमानापत्र दिँदा सादा पानामा नदिई विद्यालयको लेटर प्याडमा नै लेखेर दिनुपर्ने पत्रमा उल्लेख छ।

यस्तो छ नयाँ फर्मेट

 

प्रकाशित: ५ माघ २०८० ८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =