धनुषामा ८० लाख रुपैँया लुटियो

हिमाल प्रेस २४ वैशाख २०८१ १५:००
38
SHARES
धनुषामा ८० लाख रुपैँया लुटियो सांकेतिक तस्बिर

काठमाडौँ- धनुषामा ८० लाख रुपैयाँ लुटिएको छ। सोमबार बिहान श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोले बैंकबाट झिकेको नगद अज्ञात समूहले पेस्तोल देखाएर लुटेका हुन्।

प्रहरीका अनुसार धुनषाको रघुनाथपुरबाट उक्त रकम लुटपाट भएको हो। महतोले हिमालयन बैंकबाट झिकेर झोलामा बोकेको रकम लुटिएको हो।

प्रहरीका अनुसार उक्त रकम बैंकबाट झिकेर रघुनाथपुर सहकारीको कार्यालयमा लैजादै गर्दा लुटिएको हो। मधेश प्रदेश प्रहरीका प्रवक्ता एसपी सुवास बोहराले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

प्रकाशित: २४ वैशाख २०८१ १५:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =