न्याय सेवाका सचिवसहित १२ जना सहसचिव र १५६ उपसचिवको सरुवा [सूचीसहित]

हिमाल प्रेस १९ भदौ २०८० १५:४७
16
SHARES
न्याय सेवाका सचिवसहित १२ जना सहसचिव र १५६ उपसचिवको सरुवा [सूचीसहित]

काठमाडौँ– न्याय सेवा आयोगले तीन जना सचिवको सरुवासँगै एक जना सचिवको पदस्थापना गरेको छ। आयोगको मंगलबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा, आयोगका सचिव लिलादेवी गड्तौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगमा सरुवा गरेको हो।

सहसचिवबाट सचिवमा बढुवा भएका फणीन्द्र गौतमको सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन भएको छ। आयोगको बैठकले न्याय सेवाका विभिन्न कार्यालयमा काम गरिरहेका १२ जना सहसचिव र १५६ जना उपसचिवको पनि सरुवा गरेको छ।

प्रकाशित: १९ भदौ २०८० १५:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =