एसिया कप : सुपर-४ मा पुग्ने नेपालको सम्भावना जीवितै

हिमाल प्रेस १७ भदौ २०८० ८:११
16
SHARES
एसिया कप : सुपर-४ मा पुग्ने नेपालको सम्भावना जीवितै

काठमाडौँ- एसिया कप प्रतियोगिताअन्तर्गत आयोजक पाकिस्तान सुपर-४ मा प्रवेश गरेको छ। शनिबार भारतसँगको खेलमा एकएक अंक बाँडे पनि यसअघि नै नेपाललाई हराएका कारण पाकिस्तान सुपर-४ मा पुगेको हो।

प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानले नेपाललाई २३८ रनको फराकिलो अन्तरले हराएको थियो। त्यसपछि समूह चरणको शनिबार भएको भारतसँगको खेल वर्षाका कारण रद्द गरिए पनि अंक बाँडेका कारण पाकिस्तान ३ अंकसहित सुपर-४ मा प्रवेश गरेको हो।

अब समूह चरणको अर्को खेल सोमबार नेपाल र भारतबीच हुनेछ। सो खेलमा जित्ने टिम सुपर-४ मा पुग्नेछ। प्रतियोगिताअन्तर्गत अहिलेसम्मका सबै इनिङ्सको पावर प्ले हेर्दा नेपालकाे सुरुवात अरु टिमकै हाराहारीमा देखिन्छ।

एसिया कपमा सहभागी एकमात्रै एसोसिएसट टिम नेपाल पहिलोपटक भारत, पाकिस्तानजस्ता विश्वका नम्बर एक टिमको सामना गरिररहेकाले मध्यक्रम तथा डेथओभरमा अपेक्षित प्रदर्शन गर्न सकिरहेको छैन।

एसिया कप : भारतको कमजोर प्रदर्शनमा नयाँ रेकर्ड, खेल रद्द

प्रकाशित: १७ भदौ २०८० ८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =