एसिया कप : भारतको कमजोर प्रदर्शनमा नयाँ रेकर्ड, खेल रद्द

हिमाल प्रेस १७ भदौ २०८० ७:०८
30
SHARES
एसिया कप : भारतको कमजोर प्रदर्शनमा नयाँ रेकर्ड, खेल रद्द

काठमाडौँ- एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द गरिएको छ। श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार दिउँसोदेखि सुरु भएको खेल एउटा इनिङ्सपछि रद्द गरिएको हो।

पहिलो इनिङ्स खेलेको भारतले तुलनात्मक रूपमा कमजोर प्रदर्शन गरेको थियो। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको भारतले ४८.५ ओभरमा अलआउट हुँदै २६६ रन बनाएको थियो।

भारतको सुरुवाती ४ विकेट ६६ रनमै आउट भएका थिए। त्यसपछि मध्यक्रमका ब्याटर इशन किशन र हार्दिक पाण्ड्याले भारतीय इनिङ्स उकासे। किशनले ८१ बलमा ८२ रन र पाण्ड्याले ९० बलमा ८७ रन बनाएर भारतीय इनिङ्स २६६ को स्थितिमा पु¥याए। ओपनर रोहित शर्मा ११ तथा शुभमन गिल १० रन बनाएर आउट भए।

वर्षाका कारण दोस्रो इनिङ्स नहुँदै खेल रद्द गरिएपछि दुवै टिमले एकएक अंक बाँडेका छन्। एसिया कप इतिहासमा सबै विकेट फास्टर बलरले लिएको नयाँ रकेर्ड शनिबारको खेलमा भएको छ।

पाकिस्तानी तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ४ विकेट, नसिम शाहले ३ विकेट तथा हरिस रउफले ३ विकेट लिएपछि भारतीय टिम अलआउट भएको थियो। यसअघि एसिया कपमा कुनै पनि टिम अलआउट हुँदा त्यसमा स्पिनर बलरले पनि विकेट लिएका हुन्थे।

प्रतियोगिताको अर्को खेल आज (आइतबार) अफगानिस्तान र बंगलादेशबीच हुनेछ। सोमबार नेपाल र भारतबीच खेल हुने तय गरिएको छ।

प्रकाशित: १७ भदौ २०८० ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =