वेस्टइन्डिज ‘ए’ सँग दोस्रो खेल खेल्दै नेपाल

हिमाल प्रेस १६ वैशाख २०८१ ७:०५
42
SHARES
वेस्टइन्डिज ‘ए’ सँग दोस्रो खेल खेल्दै नेपाल फाइल तस्बिर क्यान।

काठमाडौँ- नेपालले आज वेस्टइन्डिज ‘ए’ सँग टी-२० शृंखलाअन्तर्गत दोस्रो खेल खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल १२:१५ बजेबाट सुरु हुने छ।

हिजाे शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले पराजित गरेको थियो। वेस्टइन्डिजले दिएको २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनायो।

अन्तिम ओभरमा नेपाललाई जितका लागि ९ रन चाहिएको थियो। उक्त ओभर गर्न ओशान थोमस आएका थिए। उनको पहिलो बलमा गुल्शन झाले १ रन मात्रै लिए। दोस्रो बलमा प्रतिश जीसीले पुन: १ रन लिए तर तेस्रो र चौथो बलमा लगातार २ चौका प्रहार गर्दै गुल्शनले नेपाललाई जित दिलाए।

गुल्शन ४ बलमा २ चौकासहित ९ र प्रतिश जीसी २ बलमा १ चौकासहित ५ रनमा अविजित रहे। कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ११२ रन बनाए। ५६ बल खेलेका उनले १० चौका र ८ छक्का प्रहार गरे।

दीपेन्द्रसिंह ऐरी २४, कुशल मल्ल १६ र कुशल भुर्तेल १६ रनमा आउट भए। वेस्टइन्डिजका म्याथ्यू फोर्डे र ओबेद म्याककोएले २र२ विकेट लिए। किमो पलको नाममा १ विकेट रह्यो।

नेपालले आईसीसी टी-२० विश्वकपको तयारीस्वरूप वेस्टइन्डिजसँग शृंखला खेलिरहेको हो। उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी-२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।

प्रकाशित: १६ वैशाख २०८१ ७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 2 =