संघीयताबारे विकल्प सोच्ने बेला आएको छैन : पद्मा अर्याल

हिमाल प्रेस ११ भदौ २०८० १३:५५
4
SHARES
संघीयताबारे विकल्प सोच्ने बेला आएको छैन : पद्मा अर्याल

लुम्बिनी- नेकपा एमाले सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले संघीयताले नै जनताका अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको बताएकी छन्।

नेकपा एमाले संघीय संरचनाबारे पुनर्विचार गर्नुपर्ने निष्कर्षमा नपुगेको बताउँदै सचिव अर्यालले संघीयताप्रति एमाले स्पष्ट रहेको बताइन्। पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका अवसरमा आज बुटवलमा विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा नेता अर्यालले प्रदेश अधिवेशनमा कुनै नेताको नाममा गुट नभएको दाबी गरिन्।

उनले प्रदेश अधिवेशनबाट सही र सक्षम नेतृत्व चयन हुने बताइन्। उनले अधिवेशनले सकेसम्म सर्वसम्मत र त्यो नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने पनि धारणा राखिन्।

‘सर्वसम्मत भनेको सहमति र समझदारी हो’, उनले भने, ‘सहमति र समझदारी गरेर आउँदा चुनाव नै गर भन्न मिल्दैन।’ एमालेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भदौ १६ र १७ गते बुटवलमा हुने भएको छ।

अधिवेशनका पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्। प्रदेश अधिवेशनका लागि प्रदेशका १२ जिल्लाबाट एक हजार चार प्रतिनिधिको चयन भइसकेको एमालेले जनाएको छ।

प्रकाशित: ११ भदौ २०८० १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =