पुजार सार्की ट्रेलर : अन्तरजातीय प्रेम र द्वन्द्व

हिमाल प्रेस २५ वैशाख २०८१ १६:३२
34
SHARES
पुजार सार्की ट्रेलर : अन्तरजातीय प्रेम र द्वन्द्व

काठमाडौँ- फिल्म ‘पुजार सार्की’ को ट्रेलर सार्वजनिक भएको छ। उपत्यकाको वान सिनेमाज अन्तर्गत आइप्लेक्स मलमा कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो।

चार मिनेट २१ सेकेन्डको ट्रेलरमा अन्तरजातीय प्रेम, जसका कारण विवाहमा आइपर्ने समस्या र  द्वन्द्व देखाइएको छ। साथै अन्तरजातीय प्रेमकै कारण गाउँबाट लखेटिनुपरेकाे अवस्थाकाे चित्रण गरिएको छ।

ट्रेलरमा फिल्मका प्रायः कलाकार अटाएका छन्। फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बू मुख्य भूमिकामा छन् भने मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुरालगायत कलाकार सहायक भूमिकामा छन्।

फिल्मको यसअघि सार्वजनिक पोस्टर, टिजर तथा गीतहरू ‘दर्शन गरेँ’ र ‘रिमै’ लाई दर्शकले अत्यधिक रुचाएका छन्। दर्शकको रोजाइका तीन अभिनेताको अभिनयले फिल्मले लामो समयदेखि व्यापक चर्चा पाइरहेको छ।

फिल्म आगामी जेठ १० मा प्रदर्शन हुनेछ। दिनेश राउतले निर्देशन गरेको फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्।

किङ्गडम नेटवर्कको ब्यानरमा बनेको फिल्म संगीतकार सुवास भुसालले निर्माण गरेका हुन्। फिल्म राजेश श्रेष्ठको छायांकन, भरत रेग्मीको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन, उत्तम न्यौपानेको साउण्ड डिजाइनमा बनेको छ।

यस्तो छ ट्रेलर

प्रकाशित: २५ वैशाख २०८१ १६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =