विदेशमा आर्जन गरेको सीपलाई नेपालको विकासमा लगाउन अर्थमन्त्री महतको आग्रह

हिमाल प्रेस १० भदौ २०८० २१:४२
4
SHARES
विदेशमा आर्जन गरेको सीपलाई नेपालको विकासमा लगाउन अर्थमन्त्री महतको आग्रह

काठमाडौँ- अर्थमन्त्री डा‍. प्रकाशशरण महतले विदेशमा रहेका नेपाली समुदायलाई त्यहाँ आर्जन गरेको सीप, प्रविधि, अनुभव र पुँजीलाई नेपालको विकासमा लगाउन आग्रह गरेका छन्।

ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी (जीआईएफ) को सातौँ विश्व सम्मेलनमा भागलिन क्यानडा पुगेका महतले त्यहाँ रहेका नेपाली समुदायसँग छलफल तथा अन्तरक्रिया गर्ने क्रममा यस्तो आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको र लगानीका लागि पर्याप्त क्षेत्र रहेको पनि उनको भनाइ छ। ऊर्जा, पर्यटन, सूचना प्रविधि एवं कृषि उद्यमलगायत क्षेत्रहरूमा लगानीको आकर्षण रहेको र यी क्षेत्रबाट प्रतिफलको प्रत्याभूत पनि गर्न सकिने अवस्था नेपालमा रहेको अर्थमन्त्री महतले बताए।

नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पूरा गर्न नेपाली डायस्पोरालाई मद्दत गर्न पनि मन्त्री उनले आग्रह गरे। यसैक्रममा उनले नेपाली समुदायले उच्च शिक्षाका लागि क्यानाडा आउने विद्यार्थीहरू पर्याप्त सूचनाबिना आउने गरेको र विभिन्न समस्यामा परेको जानकारी गराएका थिए।

अर्थमन्त्री डा. महत जीईएफको सातौँ विश्व सम्मेलनमा भाग लिन गत आइतबार क्यानाडा पुगेका थिए। क्यानडाको भ्यानकुअलमा आयोजना भएको उक्त सम्मेलनबाट अर्थमन्त्री डा. महत जीआईएफको उपाध्यक्ष पनि निर्वाचित भएका छन्। उनी सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम छ। रासस

प्रकाशित: १० भदौ २०८० २१:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =