विद्युत‍् प्राधिकरण र उद्योगीबीचको ‘डेडिकेटेड लाइन’को अन्योल चाँडै हट्छ : अर्थमन्त्री

हिमाल प्रेस १६ पुष २०८० २१:४१
8
SHARES
विद्युत‍् प्राधिकरण र उद्योगीबीचको ‘डेडिकेटेड लाइन’को अन्योल चाँडै हट्छ : अर्थमन्त्री फाइल तस्बिर

मोरङ- अर्थमन्त्री डा‍. प्रकाशशरण महतले नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको विद्युतको ‘डेडिकेटेड लाइन’का सम्बन्धमा रहेको अन्योल चाँडै समाधान हुने जानकारी दिएका छन्।

मोरङ व्यापार संद्दद्वारा विराटनगरमा सञ्चालित १० दिने एक्स्पो–२०२३ समापन समारोहलाई आज (सोमबार) यहाँ सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्र मैत्री रहेकाले सम्झौता भएको छ कि छैन सबै यथार्थका आधारमा प्राधिकरण र उद्योगीबीच रहेको समस्याको समाधान निकालिने बताए।

अर्थमन्त्री महतले सरकारले विदेशी सहयोगलाई पुनः संरचना गर्ने नीति लिएको जनाउँदै अत्यावश्यक एवं प्रतिफल दिने क्षेत्रमा मात्र विदेशी सहयोग र ऋण लिने जानकारी दिए। उनले आगामी वैशाखमा सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्ने जानकारी दिँदै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन मुख्य चार क्षेत्र जलविद्युत्, सूचना प्रविधि, पर्यटन र कृषि क्षेत्रको आधुनिकीकरण गर्ने नीति लिएको बताए।

अर्थमन्त्री महतले निजीकरण समितिको चाँडै बस्ने बैठकले मुलुकमा बन्द भएका उद्योगहरूलाई निजी क्षेत्रलाई संलग्न गराएर जमिन चै राज्यको रहने गरी सञ्चालन गर्ने जानकारी दिए।

प्रकाशित: १६ पुष २०८० २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =