चार पालिकामा गणना सकिँदा सुहाङ ४ हजार बढी मतान्तरले अघि

हिमाल प्रेस १७ वैशाख २०८१ १३:५२
22
SHARES
चार पालिकामा गणना सकिँदा सुहाङ ४ हजार बढी मतान्तरले अघि

काठमाडौँ- इलाम-२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले १३ हजार ६९ मतले अघि लागेका छन्।

तीन गाउँपालिका र एक नगरपालिकाको मत गणना सकिँदा नेम्बाङले १३ हजार ६९ मत ल्याएका छन् भने नेपाली कांग्रेसका डम्बर खड्काले ८ हजार ३८६ मत ल्याएका छन्।

नेम्बाङ र खड्काबीच ४ हजार ६८३ मतान्तर छ। अहिलेसम्म फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाको मत गणना सकिएको छ। यहाँ माई नगरपालिकाका वडा नम्बर ६, ७ र ८ पर्छन्।

अब देउमाई नगरपालिकाको गणना सुरु हुँदैछ।

अहिलेसम्म स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ८ हजार ९८ र रास्वपाका मिलन लिम्बु १ हजार ७१३ मत छ। इलाम २ मा १ लाख १५ हजार ८८९ मतदाता मध्ये ६९ हजार २८७ मतदाताले मतदान गरेका थिए।

प्रकाशित: १७ वैशाख २०८१ १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 11 =