एमालेले बोलायो संसदीय दलको बैठक

हिमाल प्रेस २८ वैशाख २०८१ ११:२४
14
SHARES
एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ-  नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । संसद्को बर्खे अधिवेशनमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको हो। बैठक मध्याह्न १२ बजे बस्दैछ।

बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी दिनमा एमाले सांसदहरूले संसद‍्मा खेल्नुपर्ने भूमिकाबारे जानकारी गराउने कार्यक्रम रहेको सांसदहरूले बताएका छन् ।

संसद्को अधिवेशन आज दिउँसो २ बजे सुरु हुँदैछ । जसअनुसार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा नेताहरूलाई बोल्न दिने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

सहकारी ठगी प्रकरणमा जोडिएका रास्वपा सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष कांग्रेसले संसद् अवरोध गर्ने चेतावनी दिँदै आएको छ । आजको बैठकमा संसद्‌मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताले बोल्नेछन्। कांग्रेसले दलको नेताको हैसियतमा रवि लामिछानेलाई बोल्न दिने र त्यसपछि संसद् अवरुद्ध गर्ने जनाएको छ।

प्रकाशित: २८ वैशाख २०८१ ११:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =