आठौं पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

हिमाल प्रेस १७ वैशाख २०८१ १४:०७
2
SHARE
आठौं पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

पोखरा- आठौं पोखरा स्पोर्टस् अवार्ड-२०८० को मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही २८ वैशाखमा पोखरा सभागृहमा आयोजना गर्ने अवार्डको सोमबार पत्रकार सम्मेलन गरी ४ विधाको मनोनयन सार्वजनिक गरेको हो ।

वर्ष खेलाडी पुरुषमा उत्कृष्ट ३ मा पर्न सफल खेलाडीहरुमा अर्जुन कुमाल (क्रिकेट), प्रदीप खड्का (टेनिस) र हिमाल सुनारी (भलिबल) छन्।

वर्ष खेलाडी महिलातर्फ अनुश्का शेरचन (आर्चरी), अरुणा शाही (भलिबल) र सुस्मिता थापा मगर (आइटिएफ तेक्वान्दो) उत्कृष्ट ३ मा पर्न सफल भए।

वर्ष खेलाडी पुरुष र महिलालाई जनही इलेक्ट्रिक स्कुटर र अवार्ड प्रदान गरिने मञ्चका महासचिव एवं प्रचार संयोजक राजाराम पौडेलले बताए। यस्तै, उदीयमान खेलाडीतर्फ ज्योत्सिका मरासिनी (क्रिकेट), दिलासा राना (ब्याडमिन्टन) र बादल कार्की (एथलेटिक्स) छन् भने उत्कृष्ट प्रशिक्षकतर्फ टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र रिजन प्रजू (क्रिकेट) मनोनयनमा परे।

उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा विधागत उत्कृष्ट हुन सफल एक–एक जनाले जनही ३५ हजारसहित अवार्ड प्राप्त गर्ने छन्। यसबाहेक मञ्चले लाइफटाइप अचिभेमन्टबाट एक जनालाई विशेष सम्मान गर्ने छ।

वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लब एवं खेल पत्रकार ३५ हजारसहित अवार्ड प्राप्त गर्ने छन्। यसपालि वर्ष खेलाडी पुरुषतर्फ मनोनयनमा परेका अर्जुन कुमाल चौंथो संस्करणमा वर्ष उदीयमान खेलाडी घोषित हुँदै अवार्ड जितेका थिए।

टेनिसका प्रदीप खड्का छैटौं संस्करणमा वर्ष खेलाडी हुन्। महिलातर्फ वर्ष खेलाडीको मनोनयनमा परेकी भलिबलकी अरुणा शाही तेस्रो पल्ट अवार्ड जित्ने दाउमा छिन् । उनी दोस्रो र छैटौं संस्करणकी वर्ष खेलाडी हुन्।

छैटौं संस्करणमा वर्ष उत्कृष्ट प्रशिक्षक बनेका टेनिसका नीरज थापा यसपालि पनि मनोनयनमा परेका छन्। मञ्च अध्यक्ष दीननाथ बरालले मुलुकमा आर्थिक मन्दीबीच अवार्ड कार्यक्रमलाई निरन्तरता दिइएको बताए।

करिब २३ वर्षअघि रामकृष्ण ज्ञवालीको अध्यक्षतामा स्थापित मञ्च पोखराका खेलकुद पत्रकारहरुको संस्था हो।

प्रकाशित: १७ वैशाख २०८१ १४:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − six =