अर्थमन्त्रीले भने– एनसेलबारे अध्ययन गरेर सरकार निष्कर्षमा पुग्छ

हिमाल प्रेस १९ मंसिर २०८० १५:१३
अर्थमन्त्रीले भने– एनसेलबारे अध्ययन गरेर सरकार निष्कर्षमा पुग्छ

नवलपरासी– अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेल बिक्रीबारे अध्ययन गरेरमात्रै सरकार निष्कर्षमा पुग्ने बताएका छन्।

नवलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मंगलबार अर्थमन्त्री महतले एनसेल बिक्री प्रकरणमा सम्बन्धित निकायबाट जानकारी लिने काम भइरहेको र त्यसको आधारमा सरकार निष्कर्षमा पुग्ने बताएका हुन्।

नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरण र राजस्वका सम्बन्धमा राजस्व अनुसन्धान एवं कर कार्यालयका पदाधिकारीसँग छलफल जारी रहेको मन्त्री महतले बताए। उनले भने, ‘किनबेच गर्ने निकायले, नियमन गर्ने निकायसँग अनुमति लिएर गर्नुपर्ने व्यवस्था छ। त्यसको बाबजुद बाहिर नै किनबेच भयो भन्ने कुरा आएको छ। यसको गहिराइमा हामी पुग्छाैँ, हाम्रो कानुनी व्यवस्था जे छ, त्यसको आधारमा निर्णय हुन्छ।’ यथार्थ मूल्यभन्दा के कारणले कम मूल्य राखियो, त्यो सबैभन्दा बढी चासोको विषय भएको महतले बताए।

प्रकाशित: १९ मंसिर २०८० १५:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =