आईसीसी वरीयतामा १०औं स्थानमा उक्लिए दीपेन्द्र

हिमाल प्रेस २ जेठ २०८१ १५:२१
68
SHARES
आईसीसी वरीयतामा १०औं स्थानमा उक्लिए दीपेन्द्र

काठमाडौँ- नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को वरीयतामा ऐतिहासिक सफलता पाएका छन्। यो वर्ष निकै उत्कृष्ट क्रिकेट खेलिरहेका दीपेन्द्र टी२०आई अलराउन्डरमा टपटेनभित्र परेका छन्। नेपालले टी२०आईको मान्यता पाएपछि नेपालबाट कोही खेलाडी पहिलोपटक आईसीसी वरीयताको टपटेनमा परेका हुन्।

आईसीसीले पछिल्लोपटक अपडेट गरेको वरीयताअनुसार यसअघि ११औं स्थानमा रहेका दीपेन्द्र एक स्थान सुधार गर्दै १०औँ स्थानमा आइपुगेका छन्। यो विधामा बंगलादेशका साकिश अल हसन एक नम्बरमा छन्। दीपेन्द्रले पाकिस्तानका सादब खानलाई पछाडि पार्दै १० भित्र स्थान बनाएका हुन्। सादाब ११औँ स्थानमा झरेका छन्।

विश्वकप प्रतियोगिता खेल्नुअघि नेपालका लागि दीपेन्द्र सुखद् समाचार समाचार बनेका हुन्। यो विधामा नेपालका अर्का अलराउन्डर कुशल मल्ल ३३ औँ स्थानमा छन् भने गुल्सन झा ६१औँ स्थानमा छन्। कप्तान रोहित पौडेल एक स्थान खस्किएर ६६औँ स्थानमा पुगेका छन् भने करण केसी एक स्थान सुधार गर्दै ७४औँ स्थानमा छन्।

टी२०आई बलरतर्फ नेपालका एक मात्र खेलाडी सोमपाल कामी टप सयभित्र छन्। उनी ९२औँ स्थानमा छन्। ब्याटरतर्फ दीपेन्द्रसिंह ऐरी ५०औँ स्थानमा छन् भने कप्तान रोहित पौडेल ६१औँ र ओपनर आसिफ शेख ८७औँ स्थानमा छन्।

प्रकाशित: २ जेठ २०८१ १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − one =