जाल फाल्दा लतारिएर नारायणीमा डुबे दुई युवक, एक जनाको मृत्यु

हिमाल प्रेस ३ भदौ २०८० १९:१४
12
SHARES
जाल फाल्दा लतारिएर नारायणीमा डुबे दुई युवक, एक जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

नवलपरासी- नारायणी नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीस्थित नारायणी नदीमा माछा मार्न गएका देवचुली नगरपालिका–११ का २० वर्षीय मंगलसिंह पुलामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।

शनिबार दिउँसो माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका पुलामीको आज (आइतबार) शव फेला परेको तिवारीले बताए। घटनास्थलबाट शव निकालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको प्रहरी उपरीक्षक तिवारीले बताए। साथीसँग माछा मार्न गएका पुलामी बेपत्ता भएपछि हात्तीसमेत परिचालन गरी खोजी गरिएको थियो।

‘पुलामीसँगै डुबेका अर्का एक युवकको तत्कालै स्थानीय माझीले उद्धार गरेका थिए,’ उनले भने, ‘स्थानीयवासीको सहयोगमा पुलामीको शव फेला पारिएको हो।’

लोकाह खोला र नारायणीको दोभानमा माछा मार्न नदीमा जाल फाल्दा लतारिएर रहमा डुबेको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रकाशित: ३ भदौ २०८० १९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + one =