जलवायु परिवर्तनको असर कम गर्न आवश्यक नीति बनाउन सरकारलाई संसदीय समितिकाे निर्देशन

हिमाल प्रेस १ भदौ २०८० १६:३४
4
SHARES
जलवायु परिवर्तनको असर कम गर्न आवश्यक नीति बनाउन सरकारलाई संसदीय समितिकाे निर्देशन

काठमाडाैँ- राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले जलवायु परिवर्तनको असर कम गर्न आवश्यक नीति नियम तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ।

शुक्रबार बसेको समितिकाे बैठकले जलवायु परिवर्तनले पार्ने प्रभाव कम गर्न आवश्यक नीति नियम तर्जुमा गरी संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो।

समितिले वन संरक्षणमा भएका प्रगतिसँगै यसको सदूपयोग गर्दै कार्बन व्यापारबाट प्राप्त हुने सहयोग सम्बन्धित क्षेत्रमा नै खर्च गर्ने व्यवस्था मिलाउन पनि वन मन्त्रालयलाई निर्देशन दिएको छ।

बैठकले विश्व जलवायु सम्मेलन (कोप २८) मा प्रभावकारी सहभागिता लागि र नेपालका मुद्दाहरू विश्वसामू उठाउन र आपसी सहयोग हुने गरी तयारी गर्न मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति प्रकाश पन्थले जानकारी दिए।

त्यस्तै बैठकले जैविक विविधताको संरक्षण गर्दै वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीति एवं कानुन लागु गर्न पनि निर्देशन दिएको सभापति पन्थले बताए। बैठकमा वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले नियम कानुन र योजनाका अभावमा नेपालले जलवायु परिवर्तनका क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताए।

जलवायुका क्षेत्रमा अर्थ मन्त्रालयले विदेशी निकायहरूबाट लिने सहायताको अन्तरवस्तु नमिलेका कारण खर्च हुन नसकेको उनले बताए। मन्त्री महतोले कार्बनका क्षेत्रमा काम गर्नका लागि जनशक्ति र प्रयोगशाला नभएका कारण नेपाल पछि परेको बताए।

बैठकमा समिति सदस्यहरूले जलवायु परिवर्तन न्यूनीकरणका लागि समयमा नै ध्यान दिन नसकेका कारण अहिले त्यसको असर देखिन थालेकाले गम्भीर हुनुपर्ने समय आएको बताए।

प्रकाशित: १ भदौ २०८० १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + fifteen =