अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति

हिमाल प्रेस ६ मंसिर २०८० १०:३५
4
SHARES
अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

बुधबार ४६औँ इफाप्का सम्मेलन उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले हरेक मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारकाे भूमिका महत्त्वपूर्ण हुने बताएका हुन्।

उनले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेकोले प्राकृतिक विपत्तिसँग जुध्न भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्नेहरूले विशेष सतर्कता अपनाउन जरुरी रहेको बताए।

‘पृथ्वी रहे मात्र हामी रहन्छौं भन्ने मान्यतालाई आत्मसात गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि इफाप्कामा आबद्ध मुलुकहरू बढी मात्रामा जलवायु परिवर्तनसँगै प्राकृतिक विपत्तिको शिकार भइरहेको छ। यस संगठनले जलवायु परिवर्तनका एजेन्डालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने आवश्यकता मैले देखेको छु,’ राष्ट्रपति पौडेलले कार्यक्रममा भने।

राष्ट्रपति पौडेलले भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य विकास गरेका मुलुकले नै आर्थिक प्रगति गरेको बताउँदै नेपालले पनि त्यसमा जोड दिनुपर्ने बताए।

‘कुनै पनि मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा लागेकाहरूले विशेष सतर्कता अपनाउन जरुरी छ,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =