आन्दाेलनलाई निर्माण व्यवसायीकाे निरन्तरता

हिमाल प्रेस २५ साउन २०८० १४:५२
18
SHARES
आन्दाेलनलाई निर्माण व्यवसायीकाे निरन्तरता

काठमाडाैँ- काम गरेको भुक्तानी नपाएकाे भन्दै निर्माण व्यवसायीले आन्दाेलनलाई निरन्तरता दिएका छन्। व्यवसायीले गत सातादेखि नै गरिरहेकाे आन्दाेलनलाई निरन्तरता दिँदै बिहीबार पनि काठमाडौँमा प्रदर्शन गरेका हुन्।

दोस्रो चरणको आन्दोलनअन्तर्गत नेपाल निर्माण व्यवसायी महांघको अगुवाईमा व्यवसायीहले काठमाडौँको बिजुलीबजार तथा बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन्। व्यवसायीहरूको अर्बौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायीमैत्री ऐन नियम लागू हुनुपर्नेलगायत माग गर्दै आएका छन्।

निर्माण व्यवसायीको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने माग व्यवसायीकाे छ। व्यवसायीले यही साउन १४ देखि आन्दोलन थालेका हुन्।

महासंघको निर्देशनअनुसार काठमाडाैँ केन्द्रित आन्दोलन सफल पार्न देशभरका व्यवसायी काठमाडाैँ आएका छन्। दाश्रो चरणको आन्दोलनलाई आगामी शुक्रबारसम्म जारी राख्ने महासंघले जानकारी दिएको छ।

गल्ती राज्यको, दोष निर्माण व्यवसायीको थाप्लोमा : रवि सिंह [अन्तर्वार्ता]

निर्माण व्यवसायीको आन्दोलनप्रति एफएनसीसीआईको ध्यानाकर्षण

प्रकाशित: २५ साउन २०८० १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =