निर्माण व्यवसायीको आन्दोलनप्रति एफएनसीसीआईको ध्यानाकर्षण

हिमाल प्रेस १७ साउन २०८० २०:००
8
SHARES
निर्माण व्यवसायीको आन्दोलनप्रति एफएनसीसीआईको ध्यानाकर्षण

काठमाडौँ- निर्माण व्यवसायीको आन्दोलनप्रति नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसी)ले ध्यानाकर्षण भएको बताएको छ। महासंघको पनि सदस्य रहेको नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न माग राख्दै गरेको आन्दोलनप्रति ध्यानाकर्षण भएको भन्दै एफएनसीसीआईले विज्ञप्ति जारी गरेको हो।

‘कुल गार्हस्थ उत्पादनमा ठूलो योगदान रहेको यस क्षेत्रका जायज माग सुनुवाइमा भइरहेको ढिलाइले निर्माण मात्र नभइ अर्थतन्त्रमा नै समस्या पर्ने देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘व्यवसायीले निर्माण कार्य सम्पन्न गरे पनि भुक्तानी नहुँदा वित्तीय प्रणाली र समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेकोले त्यसतर्पm सरकार संवेदनशील हुनु जरुरी छ।’

विकास निर्माण र सर्वसाधारणको जीवनयापनसँग समेत जोडिएका परियोजना रोकिँदा सरकारको पुँजीगत खर्च पनि हुन नसकेको र जनताले पनि सुविधा पाउन नसकेको महासंघको भनाइ छ। गत वर्ष पूजीगत खर्च जम्मा ६१ प्रतिशत भएकाले यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पनि सकारात्मक सन्देश नगएको महासंघले औँल्याएको छ।

निर्माण, उद्योग र थोक व्यापार नकारात्मक रहँदा अर्थतन्त्र मन्दीमा गएको र यसबाट बैंक वित्तीय संस्था, सिमेन्ट, छडजस्ता निर्माण सामाग्री उत्पादकलगायत सरकारको राजस्वमा पनि गम्भीर असर परेको महासंघको ठहर छ।

‘विभिन्न माग राखी आन्दोलित निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्न नेपाल उद्योग वाणिज्य महासंघ नेपाल सरकार समक्ष आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १७ साउन २०८० २०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + twenty =