ठेक्का रकम समायोजन गर्न निर्माण व्यवसायीहरूको माग

हिमाल प्रेस १३ वैशाख २०८३ १७:५८ | Sunday, April 26, 2026
6
SHARES
ठेक्का रकम समायोजन गर्न निर्माण व्यवसायीहरूको माग

काठमाडौँ- कोशी प्रदेशका निर्माण व्यवसायीहरुले ठेक्का रकम समायोजन वा म्याद थप गर्न सरकारसँग माग गरेका छन्।

पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीको मूल्यमा भएको तीव्र वृद्धिपछि काम गर्न कठिन भएको भन्दै उनीहरुले ठेक्का रकम समायोजन वा म्याद थप गर्न माग गरेका हुन्।

निर्माण व्यवसायी महासंघ, कोशी प्रदेशले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै हालको मूल्यवृद्धिका कारण निर्माण कार्यलाई निरन्तरता दिन गम्भीर कठिनाइ भइरहेको जनाएको हो।

पत्रकार सम्मेलनमा निर्माण व्यवसायी महासंघ, कोशी प्रदेशका अध्यक्ष जनसेवक भण्डारीले सरकारले तत्काल आवश्यक निर्णय नगरे निर्माण क्षेत्र नै धराशायी हुने बताए। यसअघि पनि नीतिगत जटिलताका कारण ठेक्का कार्य सुरु गर्न समस्या भएको भएको अवस्थामा अहिले मूल्यवृद्धिले अवस्था झन् जटिल बनाएको उनले बताए।

व्यवसायीहरुका अनुसार पेट्रोलियम पदार्थको मूल्य बढ्दा सिमेन्ट, डण्डी तथा गिट्टी–बालुवाजस्ता सामग्रीमा २० प्रतिशतसम्म वृद्धि भएको छ। विशेष गरी बिटुमिनको मूल्य शतप्रतिशत बढेपछि सडक निर्माण कार्य प्रभावित भएको छ।

यस अवस्थाले अधिकांश पूर्वाधार आयोजना ठप्प हुने अवस्थामा पुगेको भन्दै व्यवसायीहरूले तत्काल राहत, मूल्य समायोजन वा म्याद थपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

प्रकाशित: १३ वैशाख २०८३ १७:५८ | Sunday, April 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast