निर्माण व्यवसायीसँग अर्थमन्त्रीले भने- सिर्जित दायित्व भुक्तानी हुन्छ

हिमाल प्रेस २९ साउन २०८० १६:२६
6
SHARES
निर्माण व्यवसायीसँग अर्थमन्त्रीले भने- सिर्जित दायित्व भुक्तानी हुन्छ

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच साेमबार अर्थ मन्त्रालयमा छलफल भएकाे छ। अर्थमन्त्री महतले निर्माण व्यवसायीका जायज समस्या सरकारले समाधान गर्ने बताएका हुन्।

हालसम्म भएको कामबाट सिर्जना भएकाे दायित्वको भुक्तानी दिने र बाँकी रहेको काम अघि बढ्न नसक्ने अवस्था देखिएमा सरकारले त्यस्ता आयोजनाको ठेक्का तोड्ने अर्थमन्त्री महतले बताए।

कतिपय आयोजनामा ठेक्का तोड्न नसकिने अवस्थामा त्यसलाई बजेट व्यवस्थापन गरेर जतिसक्दो चाँडाे काम सम्पन्न गर्नुपर्ने उनकाे भनाइ थियाे। ‘काम हुन सकेको छैन र बजेट पनि छैन भने ती आयोजनाको ठेक्का तोडिन्छ,’ उनले भने, ‘जतिबेला बजेट हुन्छ, त्यतिबेला ठेक्का लाग्छ।’

निर्माण व्यवसायीको चासो र चिन्ता भनेको काम गरेका आयोजनामा बजेट भुक्तानी पाउनुपर्छ भन्ने रहेकोमा त्यो भुक्तानी हुने उनकाे जिकिर थियाे। ‘दायित्व सिर्जना भएका विषयमा भुक्तानी दिनैपर्छ,’ उनले भने, ‘हामी सिर्जना भएका सबै दायित्व भुक्तानी गर्न तयार छौं, बिल उठाएका सबै भुक्तानी हुन्छ।’ सम्बन्धित मन्त्रालयले फाइल नपठाउँदा केही भुक्तानीमा समस्या भएको मन्त्री महतकाे भनाइ थियाे।

यसअघि सरकारले निर्माण व्यवसायीकाे समस्या सामाधान गर्नका लागि समिति गठन गरेकाे छ।

प्रकाशित: २९ साउन २०८० १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 10 =