इंग्ल्यान्डको ‘सी’सँग नेपाली राष्ट्रिय टोलीको हार

हिमाल प्रेस २५ वैशाख २०८१ ७:५५
28
SHARES
इंग्ल्यान्डको ‘सी’सँग नेपाली राष्ट्रिय टोलीको हार

काठमाडौँ- इंग्ल्यान्ड ‘सी’ टोलीसँग नेपाली राष्ट्रिय फुटबल टोली पराजित भएको छ।

इंग्ल्यान्ड नेसनल लिग टोली एल्डरसट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा सोमबार भएको खेलमा नेपाल २-० ले पराजित भएको हो।

नेपाल खेलको सुरुवाती समयका नै दुई गोलले पछि परेको थियो। इंग्लिस टोलीका लागि आठौं मिनेटमा निक काबाम्बाले गोल गर्दै अग्रता दिलाएका थिए । ओली हारफिल्डको क्रसमा बक्स भित्रबाट सुन्दर हेडर प्रहार गर्दै उनले इङ्ल्यान्ड सी लागि अग्रता दिलाएका थिए ।

१३औं मिनेटमा नेपालले दोस्रो गोलको सामना गर्‍यो। कर्नर किक क्लियर गर्न नसक्दा क्यालाम स्टेडले गोल गर्दै टोलीको अन्तरलाई दोब्बर बनाएका थिए।

पहिलो हाफमा राम्रो प्रदर्शन गर्न नसकेपनि दोस्रो हाफमा भने नेपालले मौकाहरु सिर्जना गरेको थियो। सञ्जीव विष्टले दोस्रो हाफको सुरुवातमै पाएको मौका गोलमा परिणत गर्न सकेनन्।

जिलेस्पी जंग कार्की गोल गर्नबाट दुई पटक चुके। उनले एक हेडर प्रयास क्रसबारमा लागेर फर्किएको थियो भने अर्को प्रहार पोस्टको निकै नजिकबाट बाहिरिएको थियो।

नेपालले इंग्ल्यान्डमा यस अघि एक खेल खेलिसकेको थियो। एल्डरशटस्थित मिलिटरी स्टेडियममा शुक्रबार भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको थियो।

प्रकाशित: २५ वैशाख २०८१ ७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eleven =