निर्माण व्यवसायीको बाँकी रकम तुरून्त भुक्तानी दिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छु : प्रधानमन्त्री

हिमाल प्रेस १६ चैत २०८० १३:५२
4
SHARES
निर्माण व्यवसायीको बाँकी रकम तुरून्त भुक्तानी दिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छु : प्रधानमन्त्री

मकवानपुर- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीहरूले प्राप्त गर्नुपर्ने  रकम भुक्तानीको प्रक्रिया अगाडि बढाइएको बताएका छन्।

नेपाल निर्माण व्यवसायी महासंघको २५औँ साधारणसभालाई आज हेटाैँडामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बाँकी रकम तुरून्त भुक्तानी दिन अर्थ मन्त्रालयलाई निर्देशित गरिसकेको बताएका हुन्।

उनले भने,‘छिटोभन्दा छिटो बक्यौता रकम भुक्तानी गरी पूर्वाधार विकासका कामलाई गति दिनसमेत सरकार प्रतिबद्ध छ।’

प्रधानमन्त्री प्रचण्डले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर कार्यान्वयनमा लैजाने विषय सरकारको प्राथमिकतामा रहेको बताए। खरिद प्रक्रियामा रहेका प्रक्रियागत ढाँचालाई सरलीकृत गरिने स्पष्ट पारे।

‘सार्वजनिक खरिद नियमावली पटकपटक संशोधन हुँदै आए पनि त्यसले हाम्रो राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन,’ प्रधानमन्त्री प्रचण्डले भने,‘खरिद प्रक्रियाका प्रक्रियागत ढाँचालाई सरलीकृत गर्दै निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकतामा छ।’

निर्माण व्यवसायीहरूको समेत सहभागितामा ऐन संशोधन गरी पूर्वाधार विकासलाई गति दिन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले निर्माण कम्पनीहरूको पुँजीगत सामर्थ्य, प्रविधि र जनशक्तिका आधारमा निर्माण कार्यसम्बन्धी वैज्ञानिक नीति र मापदण्ड निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

तीन तहमा घुस नखुवाई निर्माण व्यवसाय अघि बढाउनै सकिन्न : रवि सिंह [भिडिओसहित]


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =