पार्टी फुटेपछि जसपाको उपेन्द्र पक्षको संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस २५ वैशाख २०८१ ८:३४
14
SHARES
पार्टी फुटेपछि जसपाको उपेन्द्र पक्षको संसदीय दलको बैठक बस्दै

काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक अहिले केही बेरमा बस्ने भएको छ।

पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा समसामायीक विषयमा छलफल हुने बताइएको छ।

विभाजनको वैधताबारे पनि पार्टीमा छलफल हुने बताइएको छ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि जसपा नेपालले आपत्ति जनाउँदै आएको छ।

आयोगको निर्णय विरुद्धमा कानुनी उपचार खोज्ने यस पार्टीको तयारी छ। दल दर्ता सम्बन्धी कानुन निष्क्रिय भएको बेला निर्वाचन आयोगले राई नेतृत्वको पार्टी कसरी दर्ता गर्‍यो भन्दै यादव पक्षको जसपा त्यसका विरुद्धमा अदालत जाने भएको हो।

यस विषयमा पनि आजको बैठकमा थप छलफल हुने बताइएको छ ।

प्रकाशित: २५ वैशाख २०८१ ८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =