संसद्‌मा गृहमन्त्रीले जवाफ दिँदै

हिमाल प्रेस ६ जेठ २०८१ १७:३९
72
SHARES
संसद्‌मा गृहमन्त्रीले जवाफ दिँदै

काठमाडौँ- आजको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्।
सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर प्रश्न उठाएपछि उनले आज जवाफ दिन लागेका हुन्। कांग्रेसले लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरेर अनुसन्धान हुनुपर्ने बताएको छ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आजको बैठकमा गृहमन्त्रीले सम्बोधन गर्नेबाहेकका अरु कार्यसूची पेस नहुने बताए। ‘आज गृहमन्त्रीजीले संसद्‌मा जवाफ दिँदै हुनुहुन्छ। यो बेला प्रतिपक्षी दलले अवरोध गर्दैनन्,’ उनले भने, ‘संसद्‌को आजको बैठकमा अरु कुनै कार्यसूची पेस पनि हुँदैन।’

संसद् बैठकमा लामिछानेले सम्बोधन गरे लगत्तै छानबिन समितिको कार्यदेश कस्तो हुने भन्नेबारे छलफल गर्न कानुनमन्त्री पदम गिरी नेतृत्वको कार्यदलको बैठक बस्नेछ। कार्यदेश लेखको तयारी आजैबाट सुरु हुने बताइएको छ। ।

आइतबार बिहान झण्डै ९ बजेदेखि सिंहदरबारमा कार्यदलका सदस्यहरू छलफलमा जुटेका थिए। कार्यदलमा सहमति जुट्न नसकेपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखक, केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की लगायतका नेताहरू पुगेका थिए। यद्यपि सहमति जुट्न सकेन।

सहमति नजिक पुगे पनि अझै केही छलफल बाँकी रहेको भन्दै नेताहरू अहिले संसद् भवन पुगेका छन्। कार्यदलकै बैठकको कारण बिहान ११ बजे सुरु हुने भनिएको संसद् बैठक दुईपटक सूचना जारी गरेर सारिसकिएको छ। ४:३० बजे सुरु हुने भनिए पनि अझै सुरु हुन सकेको छैन।

प्रकाशित: ६ जेठ २०८१ १७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + two =