खनाललाई राजनीतिबाट विश्राम लिन उनकै पार्टीका विद्यार्थी अध्यक्ष पराजुलीको सुझाव

हिमाल प्रेस २१ साउन २०८० १६:५९
34
SHARES
खनाललाई राजनीतिबाट विश्राम  लिन उनकै पार्टीका विद्यार्थी अध्यक्ष पराजुलीको सुझाव

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थायी कमिटी बैठकमा राखेको फरक मतप्रति सोही पार्टीनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आपत्ति जनाएका छन्।

अध्यक्ष पराजुलीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेता खनाललाई पहिला जनताको बहुदलीय जनवादलाई दक्ष प्रजापति टाउको जस्तो देख्ने र भन्ने गरेको भन्दै अहिले लामो समयपछि आफू नै शीर्ष भन्दा शीर्ष ठाउँमा बसेर आफूले नै निर्माण गरेको आन्दोलन र पार्टीलाई रावणको टाउको देख्न र भन्न थालेको भन्दै यस्तो दृष्टिभ्रम कहिलेसम्म रहन्छ भनेर प्रश्न गरेका छन्।

साथै उनले सम्मानमाथि उच्च सम्मान रहेकाले खनाललाई राजनीतिबाट विश्राम लिन सुझाव पनि दिएका छन्। ‘जनताले सम्मानका साथ विश्राम लिनका लागि जनादेश दिएका छन्, यो जनमतलाई नभुल्नु होला जनताको आदेशलाई’, खनालप्रति लक्षित गर्दै पराजुलीले लेखेका छन्, ‘समाजवादी यात्राका लागि युवालाई स्थान छोडिदिनुहोस्। राजनीति पद प्राप्ति मात्र हो भन्ने भाष्य निर्माण हुँदैछ यसको गतिलो जवाफ अब तपाईँले दिनुहोस्।’

पराजुलीले सदैव मुल नेतृत्वप्रतिको अविश्वास र फरक देखिने खनालको प्रवृत्तिले सम्मानित मर्यादालाई अधोगति लगाएको दाबी गरेका छन्।

स्थायी कमिटी बैठकमा झलनाथ : एमालेमा विद्रोह गरेर निस्किनुको औचित्य पुष्टि भएन [पूर्ण पाठसहित]

प्रकाशित: २१ साउन २०८० १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =