वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

हिमाल प्रेस २२ वैशाख २०८१ १४:०९
4
SHARES
वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौँ- वेष्ट इन्डिज ‘ए’ ले अन्तिम टी–२० खेलमा नेपाललाई १७३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनायो।

वेष्ट इन्डिज ए का एलिक एथानाजेले २९ बलमा १ चौका र ३ छक्कासहित ४२ रनमा नट आउट रहे।

रोस्टन चेसले २३ बलमा ५चौकासहित सर्वाधिक ३३, जोनसन चार्ल्स २४, कदिम एलियन र मार्क दयालले ११-११ रन बनाए। म्याथ्फु फर्ड १२ बलमा ३ छक्कासहित २३, फबिएन एलेन ३ र गुणाकेश मोती १ रनमा आउट भए।

नेपालका सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। स्पिनर सागर ढकालले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। अभिनाश बोहराले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए।

प्रकाशित: २२ वैशाख २०८१ १४:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 14 =