विवेकशील साझाको गौरवमय सांस्कृतिक मानचित्र सभामुखलाई हस्तान्तरण

हिमाल प्रेस २१ साउन २०८० १६:४३
34
SHARES
विवेकशील साझाको गौरवमय सांस्कृतिक मानचित्र सभामुखलाई हस्तान्तरण

काठमाडौँ- विवेकशील साझा पार्टीले प्रकाशन गरेको ‘ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र’ सभामुख देवराज घिमिरेलाई हस्तान्तरण गरेको छ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, प्रवक्ता आशुतोष प्रधान, केन्द्रीय सदस्यहरु नवराज थापा, सुरज प्रधान, मिलन परियार, निरञ्जन चापागाँई, चन्द्र श्रेष्ठ सम्मिलित टोलीले आइतबार सभामुख घिमिरेलाई मानचित्र हस्तान्तरण गरेको हो।

प्राचीन राष्ट्र नेपालको सुगौली सन्धिअगाडिको भूभाग र वर्तमान भूभागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्त्विक र प्राकृतिक धरोहरलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथादेखि बौद्ध स्तूपसम्म, पशुपतिनाथदेखि काँक्रेविहारसम्मका पुरातात्त्विक महत्त्वका सम्पदा समेटिएका छन्।

पार्टीले यसअघि उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई पनि उक्त मानचित्र हस्तान्तरण गरेको छ।

प्रकाशित: २१ साउन २०८० १६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =