विवेकशील साझाले सार्वजनिक गर्‍यो राजनीतिक दस्तावेज

हिमाल प्रेस १२ साउन २०८० २१:२८
38
SHARES
विवेकशील साझाले सार्वजनिक गर्‍यो राजनीतिक दस्तावेज

काठमाडौँ- विवेकशील साझा पार्टीले छैठौँ स्थापना दिवसको अवसरमा पार्टीको राजनीतिक दस्तावेज र वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ।

पार्टी मुख्यालय बखुण्डोलमा बिहीबार आयोजित समारोहमा अध्यक्ष समीक्षा बास्कोटा उपाध्यक्ष प्रकाशचन्द्र परियार र विमला अधिकारी, महासचिव रन्जु दर्शना, सचिवद्वय विमल तामाङ र समुन्द्र केसी, कोषाध्यक्ष दामोदर नेपाल र प्रवक्ता आशुतोष प्रधानले राजनीतिक दस्तावेज र वार्षिक कार्ययोजना संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

कार्यक्रममा पार्टी जीवनमा योगदान गरेका अगुवाहरूलाई कृतज्ञतापत्र प्रदान गरिएको थियो। पार्टीका दिवंगत संस्थापक नेताहरू उज्वल थापा, रमेश महर्जन, प्रेम आचार्य, कृष्णा ताम्राकार र अरुण शाक्यलाई कार्यक्रममा विशेष स्मरण गरिएको थियो।

वार्षिकोत्सवको अवसरमा पार्टीले आगामी शनिबार वृक्षरोपण र रक्तदानको समेत आयोजना गर्दैछ।

प्रकाशित: १२ साउन २०८० २१:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =