विवेकशील साझा पार्टीको प्रवक्ता बने आशुतोष प्रधान

हिमाल प्रेस १९ जेठ २०८० २१:०५
16
SHARES
विवेकशील साझा पार्टीको प्रवक्ता बने आशुतोष प्रधान

काठमाडौँ- विवेकशील साझा पार्टीले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई पार्टीको प्रवक्ता बनाएको छ। आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पर्यटन उद्यमीसमेत रहेका नेता प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो।

तनहुँ बन्दीपुर स्थायी बासिन्दा प्रधान पर्यटन उद्यमी हुन्। त्रिभुवन विश्व विद्यालयमा ‘संस्कृति पर्यटन’का पीएचडी स्कलर प्रधानले यसअघि पार्टीको उद्यमशीलता विभागको नेतृत्व गरेका थिए।

प्रकाशित: १९ जेठ २०८० २१:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 16 =