कांग्रेस जस्तो छ जे छ फुलबुट्टा नभरी लाइभ छ : महामन्त्री शर्मा

हिमाल प्रेस ८ साउन २०८० १६:५७
6
SHARES
कांग्रेस जस्तो छ जे छ फुलबुट्टा नभरी लाइभ छ : महामन्त्री शर्मा विश्वप्रकाश शर्मा

काठमाडाैँ- नेपाली का‌ंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्री समिति बैठक लाइभ गरेर कांग्रेसले राम्राे गरेकाे बताएका छन्। उनले साेमबार बैठकमा बाेल्दै बैठक लाइभमार्फत धेरैलाई बैठकमा जाेड्न सफल भएकाे बताएका हुन्। ‘यो बैठकमा केन्द्रीय कार्यसमितिमात्रै सहभागी छैन। लाइभमार्फत धेरै जोडिनुभएको छ,’ उनले भने, ‘निरन्तर हेरिरहनुभएको छ त्यसका लागि सम्मान व्यक्त गर्दछु।’

लामो समयपछि कांग्रेस केन्द्रीय बैठक बसेको भन्दै उनले अझै बढी परिपक्क भएर अघि बढ्न जरुरी रहेकाे बताए। ‘साथीहरूलाई लाग्यो लाइभ गर्दा मनको कुरा गर्न पाइन्न। तर कुनै पनि दल, कार्यकर्ताको मात्रै हुँदैन,’ उनले भने, ‘सबैको हुन्छ। त्यसैले कांग्रेस जस्तो छ जे छ फुलबुट्टा नभरी लाइभ देखाइदिएको छ।’

जनताले नै विश्वास गरी मंसिरको निर्वाचनमा कांग्रेसलाई ठूलो दल बन्न मत दिएका उनले बताए। बैठक लाइभ गरेका कारण मिडियाले पनि लेख्न छुटेका कुराहरू फेरि सुनेर लेख्न सकेका उनकाे भनाइ थियाे।

नेपाली कांग्रेसले गरेकाे लाइभको प्रभाव अरू पार्टीमा पनि पर्ने उनले बताए। ‘कांग्रेसमा जस्तै प्रहार गर्ने प्रश्न गर्ने क्षमता अरूमा कहाँ कहाँ छ भन्ने देखिन्छ अब,’ उनले भने। लाइभ बैठकमा मधेशका, कर्णालीका, कृषिका मुद्दा उठेको उनले बताए। ‘लाइभ बैठकमा सामुदायिक विद्यालयको कुरा उठेको छ। बैठकमा सहकारीको, व्यवसायीले भोगेको चर्को ब्याजदरबारे पनि कुरा भएको छ,’ उनले भने, ‘युवा रोजगारी, निजी क्षेत्रको कुरा सुशासनको खोजीको कुरा, स्वास्थ्यको कुरा यहाँ उठेको छ।’

साथै लाइभ बैठकले सरकारलाई ध्यानाकर्षण गराउने काममा पनि मद्दत पुगेकाे उनले बताए। ‘कांग्रेसले संसद्‌मै छलफल भएजसरी छलफल गरेको छ। यो बैठक सक्दै गर्दा मिसन २०८४ को घोषणा गर्ने छैन,’ उनले भने, ‘कतिपय दलले गरेका छन्। २०८४ मा सात सालजस्तो कुनै परिवर्तन हुनेछैन। संविधानमा लेख्न कयौँ कांग्रेसको नेतृत्वमा सफलता भएजस्तै केही हुँदैछैन। देशको चिन्ता कहिले गर्ने? अहिले देशको बारेमा छलफल गरेको छ। गर्नै परे २०८३ मा गरौँला। २०९४ मा कस्तो देश बनाउने भनेर छलफल गरौँला।’

प्रकाशित: ८ साउन २०८० १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 10 =