राजदूत भएको तीन वर्ष पुग्दैगर्दा टर्की पुगेर अधिकारीले बुझाए ओहदाको प्रमाणपत्र

हिमाल प्रेस १५ वैशाख २०८१ १८:१५
6
SHARES
राजदूत भएको तीन वर्ष पुग्दैगर्दा टर्की पुगेर अधिकारीले बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौँ- टर्कीका लागि नेपाली गैरआवासीय राजदूत तापस अधिकारीले आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन्। पाकिस्तानका लागि नेपालका आवासीय राजदूत अधिकारी ओहदाको प्रमाणपत्र बुझाउन उनी बुधबार टर्की पुगेका हुन्।

पाकिस्तानस्थित नेपाली दूतावासका अनुसार अधिकारीले टर्कीका राष्ट्रपति रेसेप तयिप एर्डोगानलाई ओहदाको प्रमाणपत्र बुझाउँदै राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश पनि पढेर सुनाएका थिए। उनले त्यहाँ नेपाल र टर्कीबीचको सम्बन्धबारेमा पनि छलफल गरेको दूतावासले जनाएको छ।

टर्की र नेपालबीचको सिधा उडानले पनि युरोप र अमेरिकाको एक पोइन्ट टर्की बनेको र नेपालमा लगानी सम्मेलन हुँदै गर्दा त्यहाँकाे पनि उपस्थितिमा उनले जोड गरेका थिए। उनले त्यहाँ दुईपक्षीय सम्बन्धलाई थप अन्तरक्रियामुखी बनाउने र नेपालमा टर्कीको लगानीको अपेक्षाबारेमा पनि बहस गरेका थिए।

टर्कीको राष्ट्रपतिले पनि नेपालबारे आफूहरू जानकार रहेको र नेपालको विकास र राजनीतिक स्थिरताको कामना पनि उनले गरेका थिए। पछिल्लो समय नेपालमा टर्कीको उपस्थिति बढेको छ। सिधा उडान मात्र होइन उनीहरूले शिक्षादेखि विभिन्न क्षेत्रमा लगानी गरिररहेका छन्। पर्यटनको क्षेत्रमा पनि उनीहरू नेपालमा सक्रिय छन्। त्यस्तै बिल्डरको क्षेत्रमा पनि उनीहरू लागिरहेका छन्।

टर्कीमा नेपाली कामदार पनि रहेको र टर्की सरकारले त्यसमा पहलकदमी पनि गरिरहेको देखिन्छ। यी समग्र विषयमा त्यहाँ छलफल भएको राजदूत तापासलदे जानकारी दिए।

नेपालको दूतावास नभएको मुलुकका नजिकको मुलुकको दूतावासलाई हेर्ने जिम्मा दिइएको हो। उनी पाकिस्तानको लागि राजदूत भएको तीन वर्ष पुग्दै गर्दा टर्कीको लागि पनि त्यही बेलामा तोकिएको हो। यद्यपि अझै समय मिलाउन नसकेर ओहदाको प्रमाणपत्र बुझाएन ढिलाइ भएको हो।

प्रकाशित: १५ वैशाख २०८१ १८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =